पोखरामा मनाइयो भूमे पर्व (फोटो कथा)
पाेखरा | असार १, २०८०
PHOTO COURTESY: BIKAS MAGAR
पोखरा: लुम्बिनी प्रदेशको रुकुम र रोल्पा क्षेत्रमा मनाइने भूमे पर्व पोखरामा पनि पहिलोपटक धुमधामकासाथ मनाइएको छ ।
रुकुमेली एकता समाजले पोखरा महानगरपालिका ५ मा आज (शुक्रबार) धुमधामकासाथ भूमी पुजाको आयोजना गर्दै भूमे पर्व मनाएको हो ।
रुकुमेली एकता समाजका अध्यक्ष लयनकुमार सुनारका अनुसार असार १ गते मुख्य रुपमा मनाइने भए पनि जेठ पूर्णिमादेखि नै स्थानीय भाषामा ‘नोकोबांगे’ नाचसहित भूमि पूजा गरिन्छ ।

उनले पुख्र्यौली थलोमा जस्तै पोखरामा पनि भुमी पुजा गर्दै पर्व मनाएको बताए ।
‘यो पुजालाई विशेष पर्वकै रुपमा पोखरामा पनि मनाएका छौ, अध्यक्ष सुनारले भने, ‘यसले पश्चिमेली समुदायबीचको आपसी सद्भाव कायम गर्ने मात्र नभएर एक आपसमा चिनजानको वातावरण पनि मिलेको छ । त्यसैले यो कार्यक्रमलाई निरन्तरता दिने छौं ।’
प्राकृतिक विपद्बाट कुनै क्षति नहोस् भन्ने कामनासहित रोल्पा, रुकुम क्षेत्रका मगर समुदायको पर्व भनिए पनि त्यहाँ बसोबास गर्ने सबै समुदायले मनाउने गर्दछन् ।
पोखरामा मनाइएको सो पर्वमा पोखरा आसपासका जिल्ला तनहुँ, स्याङ्जामा बसोबास गर्ने रोल्पाली र रुकुमेलीहरु पनि सहभागी थिए ।
भूमे पर्वको अवसरमा लुम्बिनी प्रदेशले रुकुम पूर्व र रोल्पा जिल्लामा सार्वजनिक बिदा दिएको छ ।
थप तस्बिर:





पोखरा । उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ । पोखराको महेन्द्रपुलमा आज एक विशेष का...
पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ । फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको ह...
चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ । कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

